काभ्रेस्थली घटनाः माइती पक्षद्वारा निष्पक्ष छानविनको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाउन खोज्दाँ सुनिताको माइती पक्षले अवरोध गरेका छन । पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना भएको प्रहरीले जनाएको छ । सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुनिताको माइती पक्षले निष्पक्ष छानविनको माग गर्दै शव उठाउन दिएको छैन । अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा.गोपाल चौधरी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । त्यसपछि प्रहरी वृत महाराजगञ्जका प्रमुख डिएसपी प्रमेश विष्टको नेतृत्वमा थप टोली परिचालन गरिएको

प्रतिक्रिया दिनुहोस्

Array