बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – बुटवलमा निर्माणाधीन केबलकार माघदेखि संचालनमा आउने भएको छ । बमघाटदेखि पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको हो । कम्पनीको साधारणसभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माण पुसभित्र सकिने र माघबाट सञ्चालनमा आउने जानकारी दिएका छन् । करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुने उनले जानकारी दिए।

ुकेबलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ। ढकालले माथिल्लो स्टेशनमा सव(स्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बताए। ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन होटलसँग आबद्ध गर्न परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: ,