काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिए, हत्याकाे आशंका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृता वस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको हो । काठमाडौं प्रहरीका अनुसार मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् ।

विभत्स हत्या गरिएको अवस्थामा फेला परेका उनीहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेको देखिएको छ । सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array