गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – अर्घाखाँचीमा एक ब्यक्तिले गाडी किनेको पैसा दिने बहानामा आफ्नै घरमा ल्याई साथीको हत्या गरेका छन् । ट्रक किनेको पैसा दिने भन्दै कुलचन्द्र गौतमले आफ्नै साथीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाणिनि गाउँपालिका–२ पोखराथोकका गौतमले मालारानी गाउँपालिकाका–१ का ४४ वर्षीय विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख ६६८१ नम्बरको ट्रक खरिद गर्ने भन्दै जंगलमा लगेर हत्या गरेको खुलेको छ । बुटवलको मैनाबगरमा गाडि किनवेचको काम गर्दै आएका दिपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी बिष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् ।

पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची जिल्ला पाणिनी–२ मा पर्ने डाँडाकटेरी स्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो । हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका – ६ कलौनी बस्ने ४३ वर्षीय दिपक भनिने कुलचन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले हत्या स्विकार गरेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियावाट आइतबार बिहान ९ः३० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ । गौतमलाई विक्री गरेको लु १ ख ७७८१ नं। को ट्रक पास गर्न भनि हिँडे पनि सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी सिलाले प्रहरीमा उजुरी गरेकि थिइन् । साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिए पश्चात खोजतलासको क्रममा पाण्डेको शव भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array