बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा संग्रौला नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार पदमा डा सूर्य संग्रौला नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनलाई स्वास्थ्य मन्त्री पर्शुराम खापुङले रजिष्ट्रार नियुक्त गरेका हुन् । बीपी प्रतिष्ठानको रजिष्ट्रार नियुक्त हुन अघि डाक्टर संग्रौला पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रकको जिम्मेवारीमा थिए । डाक्टर संग्रौला २०७८ साल साउन १ गतेबाट पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रकको जिम्मेवारीबाट विदा भएका थिए ।

परीक्षा नियन्त्रकको चार वर्षे कार्यकाल सकिएको एक वर्षपछि उनले बीपी प्रतिष्ठानमा जिम्मेवारी पाएका हुन् । उनी कांग्रेस नेतृ एवम् प्रतिनिधिसभा सदस्य डिला संग्रौलाका श्रीमान हुन् । बीपी प्रतिष्ठान सुधारको माग राख्दै सुरु भएको आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन रजिष्ट्रार डाक्टर मोहनचन्द्र रेग्मीले गत भदौ ११ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array