पोखरामा पहिरोमा परी १ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

पोखरा– कास्कीको पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा एराति करिब १ बजे पहिरोले घर पुरिंदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ । साथै दुई जना पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र उनकी १० वर्षीया छोरी सिम्रन सुनार घाइते भएका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ भुर्जुङखोला तातोपानी घर भएका उनलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । उनलाई डाक्टरहरुले २ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

घाइतेहरुको भने गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।प्रहरी सुचना पाउने बितिकै तत्काल उद्धार गरेको जानकारी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array