संसदीय समितिद्वरा चिनी मिलको समस्या तत्काल समाधान गर्न निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। सम्बन्धित मजदुर, उखु किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देशन गरिएको समितिले जानकारी दिएको छ ।
चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई दबाब दिएको समितिका सदस्यहरूले जानकारी दिएका छन् । चिनी मिल बन्द हुन नदिन पनि सरकारले उखु किसानको समस्या समाधान गर्न विषेश ध्यान दिनु पर्ने समितिका सदस्य लालप्रसाद साँवा लिम्बूले बताए।

प्रतिक्रिया दिनुहोस्