अर्थमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं –आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै विरोध भएपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर‍याएका हुन् । राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array