तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ को मुत्यु, १४ जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौ- प्यूठानको स्वर्गद्वारीमा शनिबार तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्य र १४ जना घाइते भएका हुन । मृत्य हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका(३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका १७ जना स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: