सलमानले सुरक्षाका लागि किने बुलेट प्रुफ कार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौ बलिउड अभिनेता सलमानले आफ्नो सुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन् । उनले आफूलाई ज्यान मार्ने धम्की आएपछि ल्यान्डरोभर गाडीको सेतो रंगको बुलेट प्रुफ गाडी किनेका हुन् । उनले हतियारयुक्त सुरक्षाकर्मी पनि सँगै लिएर हिँड्ने गरेका छन् । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए ।

प्रहरीले गरेको अनुसन्धानमा ग्याङस्टार लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो । सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array