जसपाको निर्वाचन अभियान समिति तयार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले निर्वाचन अभियान तयार समिति गठन गरेको छ । आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी अभियान समितिमा सातवटै प्रदेशका प्रतिनिधिहरु केन्द्रीय सदस्य रहेका छन् । समितिमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, वागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापामगर, लुम्बनी प्रदेशबाट मनिका कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भिम थापा, हेमन्त मान्दव्य र सचिवालय सचिवमा सीपी सिंह रहेको जानकारी दिएको छ ।

उक्त समितिमा अगामी चुनावमा उठ्ने व्यक्तिहरुलाई राखिएको जानकारी दिएको छ । प्रत्यक्ष चुनाव नलड्ने तथा अधिकांश समय काठमाडौँ रहने नेतालाई समितिमा राखिएको बताइएको छ ।

चुनाव सम्बन्धी रणनीति बनाउनुको साथै जिल्ला तथा प्रदेशमा रहेका जिल्ला समितिका सदस्यहरु दक्ष बनाउनका लागि उनीहरुलाई तालिम दिनुको साथै निर्वाचनमा प्रचार प्रसारका डकुमेन्ट तयार पार्नुको साथै निर्वाचनका लागि चाहिने अन्य दस्तावेजहरु यही समितिले तयारी पार्ने समेत बताइएको छ । अर्थात निर्वाचनका विषयमा हुने हरेक गतिविधिमा यो समितिको संलग्नता हुने र देखिएका समस्या समाधान गर्ने जस्ता काम यो समितिले गर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array