देशका धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौंः देशका केही भागहरुमा आज पनि भारी वर्षा हुने सम्भाबना रहेको छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array