बीमा रकमको लाेभमा एक युवकको हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बिमाको रकम २ करोड ५० लाख रुपैयाँ हात पार्ने लोभमा नक्कली विवाह गरी योजनाबद्ध रूपमा हत्या गरेका हुन । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापछि बिमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको सीआइबीले जनाएको छ।

पक्राउ परेका बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ साल वैशाख २ गते भे १ ख २४९१ नम्बरको मिनीबसले ठक्कर दिई घाइते भएका सर्जन विकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कोहलपुरमा मृत्यु भएको थियो ।

टोपबहादुर राना क्षेत्रीले चलाएको मिनीबसले ठक्कर दिँदा उनको मृत्यु भएको हो । त्यसपछि घटना झनै शंकास्पद देखिएको सीआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: