सङ्घीयतालाई कमजोर बनाउने विषयलाई प्रतिबन्ध लगाउनुपर्छ : परराष्ट्रमन्त्री खड्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं:  शुक्रबार संसद भवनमा भएको बैठकमा सङ्घीयतालाई कमजोर बनाउने विषयलाई प्रतिबन्ध लगाउर्नुे लगाउनुपर्ने आवाज उठेको छ । संसदमा संसद्मै सङ्घीयता विरोधी अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको हो ।

शुक्रबार संसदमा बोल्दै परराष्ट्रमन्त्री नारायण खड्काले कुनैपनि सैन्य गठबन्धन नेपालको हितमा नभएको स्पष्ट पारेका छन। एसपीपी फिर्ताका लागि अमेरिकी सरकारलाई पठाइएको पत्र संसदमा पेश गर्ने प्रश्न उठेपछि परराष्ट्र मन्त्री खड्काले भने, सङ्घीयतालाई कमजोर बनाउने विषय संसद्मा उठ्छ भने त्यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।” उनले त्यस्ता आवाजलाई कुण्ठित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेका थिए ।

मुलुक सङ्घीयतामा गएकै कारण राज्यका निकायमा महिला, दलित, जनजाति, उत्पीडित तथा उपेक्षित वर्गको प्रतिनिधित्व बढेको भन्दै उनले सङ्घीयतालाई बलियो बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । प्रतिपक्षी दलका केही नेताले संसद्मै सङ्घीयता विरोधी आवाज उठाउन थालेको भन्दै उनले उत्पीडित जनता आफैँले सङ्घीयताको रक्षार्थ कुनै कसर बाँकी नराख्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्

Array