साना तथा मझौला उद्योगहरु पनि धितोपत्र कारोबारमा आउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – साना तथा मझौला उद्ययोगहरु पनि धितोपत्र कारोबारका लागि आउने भएका छन् । उक्त विषय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९र८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरेको छ । बोर्डले बोर्डबाट आ.व. २०७९र८० सम्पादन गरिने विकासात्मक तथा नियमित कार्यक्रमहरु गरि कुल ६३ बुंदे नीति तथा सार्वजनिक गरेको थियो। ‘साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका (SMEs Platform) लागि आवश्यक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आवद्ध गरिनेछ ।’ नीति तथा कार्यक्रमा  उल्लेख छ ।

त्यस्तै पर्याप्त पुँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राईभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यवसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरिने उल्लेख गरिएको छ ।

धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्