नारायणघाट–बुटवल सडकको ठेक्का तत्काल रद्द गर्न समितिको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – संसदीय समितिले नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्य तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको विकास तथा प्रविधि समितिले उक्तसडक खण्डको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधाररद्द गर्न तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरूसँग गरेको छलफलपछि सरकारलाई रद्द गर्न निर्देशन दिएको हो । समिति सभापति कल्याणी खड्काले आयोजनाको निर्माण अवधि सकिनै लाग्दा समेत अहिलेसम्म १८.४४ प्रतिशत मात्र काम भएको विषयप्रति समितिको ध्यानकर्षण गराइन् ।

सभापति खड्काले मित्र राष्ट्रहरुको अनुदान र ऋण सहयोगमा निर्माण भएका आयोजनाहरु राष्ट्रको हितमा नहुने सम्झौता तत्काल समीक्षा गरी पुनारावोलकन गर्नपनि निर्देशन दिइन् । उनले देशका राष्ट्रियस्तरका सडकहरु  क्षतविक्षत हुने गरी उपयुक्त योजना बिना पहँच मार्गहरु निर्माण गर्ने कार्य बढेको सन्दर्भमा यस्ता मार्ग निर्माणको नीतिगत मापदण्ड तत्काल निर्धारण गरी कडाईका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइन् । सभापति खड्काले निर्माणाधीन अवस्थामा रहेको कर्णालीको कालिकोट–जुम्ला जोड्ने नाग्ना पक्की पुल हालै वर्षले चर्किएको पाइएकाले यसको गुणस्तर र प्राविधिक पक्षका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी यसको प्रतिवेदन समितिलाई बुझाउन भौतिक मन्त्रालयलाई निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस्

Array