ब्याड टच प्रकरण: मिरुना मगरविरुद्ध अदालतमा मुद्दा दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीलाई मुद्दा हालेका छन् । तामाङले उनीहरुविरुद्ध गाली बेइज्जती र कुटपिट सम्बन्धी मुद्दा दर्ता गराएका हुन् । तामाङले उनीहरुविरुद्ध काठमाडौं जिल्ला अलालतमा मुद्दा दर्ता गराएपछि ब्याड टच मुद्दा फेरि कानुनी दायरामा आएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार “बौद्ध भिक्षु साङ्मो तामाङले अभिनेत्री मगर र प्राविधिक ठकुरी विरुद्ध हिजो (साउन) ११ गते मंगलबार गाली बेइज्जती र कुटपिट मुद्दा दर्ता गराउनु भएको हो,” उनले भने ।

प्राविधिक तामाङले मिरुनलाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाहीको माग गरेको उजुरीमा उल्लेख छ । उनले अभिनेत्री र प्राविधिक दुबैले पुनः माफि माग्नु पर्ने फुर्वाले उजुरीमा उल्लेख गरेका छन् ।

अधिकारी दाहालका अनुसार, उजुरीको आधारमा मिरुना र ठकुरीलाई २१ दिने म्याद सहित यस आरोपमा आफ्नो भनाई राख्नका लागि अदालत हाजिर हुन पत्र पठाइने छ । यदि तोकिएको समयावधिमा हाजिर नभएमा पुन २१ दिनको म्याद थपिने छ । यतिबेला मिरुना लण्डनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: