सेयर बजारमा लगानी कर्ताको उत्साह कायमै; नेप्से १५.४४ अङ्कले वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– आज बिहिबार नेप्से परिसूचक १५.४४ अङ्कले बढेको छ । नेप्से १५.४४ अङ्कले बृद्धि भइ २१२७.४२ विन्दुमा रोकिएको छ । कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ४ अर्ब ९७ करोड बढिको कारोबार भएको छ । हिजो नाफा बुक गर्नेहरु हाबि भएपनि आज बजारले पुर्णरुपमा गति लिएको छ ।

पछिल्लो समय लगानी कर्ताहरु बजारप्रति निकै उत्साहित भएको देखिन्छ ।  तर, पनि सबै क्षेत्रका उपसूचकहरु भने हरियो भएन्न । टेलिकम, निर्जीवन बीमा र उत्पादन क्षेत्रका उपसूचकहरु घटेका छन् भने बाकि सबै बढेका छन् ।बैंक, जिवन बीमा, हाइड्रपावर, माइक्रोफाइनस, होटल, टेड्रिक र म्युचल फन्ड लगायत सुचिकृत सबै उपसूचकहरु बढेका हुन् ।

सबै भन्द बढि बिकास बैंकहरुको उपसुचक ८४.३८ अङ्कले बढेका छन् । सबै भन्दा बढि अङ्कले उत्पादनमुलक क्षेत्रको उपसुचक २७.८४ अङ्कले घट्को छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array