अनुगमन गरिएका मध्ये झन्डै आधा फर्म कारवाहीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्ष २०७८र७९ को एक वर्षको अवधिमा एक हजार ३ सय ३१ फर्मलाई कारबाही गरेको छ । व्यापारिक फर्म, कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गर्दा एक करोड ८१ लाख ९६ हजार राजस्व सङ्कलन भएको हो । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारवाही स्वरुप जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।

एक हजार ७३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएकोपनि जनाएको छ । ६सय ८५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न निर्देशन, ३३ फर्मबाट परीक्षण गर्न वस्तुको नमूना सङ्कलन, साधनसहित तीन जना प्रक्राउ र १३ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो ।

विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा केन्द्रित भएर दैनिक बजार अनुगमन निरन्तर गरेको जनाइएको छ । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने गरेको पाइएको पनि विभागले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array