परवानीपुर र दुम्कौलीमा वर्षापछि खतराको साइरन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं ।
परवानीपुर र दुम्कौलीमा अध्याधिक वर्षा भएपछि खतराको संकेत साइरन बजाइएको छ । पछिल्लो २४ घण्टामा १०८ मिलिमिटर वर्षा मापन भएको भने पूर्वीनवलपरासी पूर्वको दुम्कौलीमा १३४.४ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्द बस्ती र आसपासको क्षेत्रमा पनि आज बिहान भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा बाढीले क्षती पुर्‍याउन सक्ने भएकाले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै पहाडि इलाकाहरुमा पनि वर्षा कारण पहिरोको जोखिम बढेको छ । अध्याधिक वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array