राजनीतिक दललाई सूचनाको हक कार्यान्वयन गर्न आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

 काठमाडौं । राष्ट्रिय सूचना आयोगले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न राजनीतिक दलसहित सार्वजनिक निकायलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश दिएको छ । कानुनबमोजिम दर्ता भएका राजनीतिक दलको वेबसाइट अध्ययन गर्दा अधिकांश राजनीतिक दलले सूचनाको हक पालना नगरेको देखिएको पनि आयोगले विज्ञप्तिमा उल्लेख छ ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २ ९क० को बुँदा ५ मा प्रचलित कानुनबमोजिम दर्ता भएको राजनीतिक दल तथा संगठनलाई ‘सार्वजनिक निकाय’ का रुपमा परिभाषित गरिएको बताउँदै आयोगले भनेको छ, ‘सोही ऐनको दफा ३ को उपदफा ९१० मा प्रत्येक नेपाली

नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ भनिएको छ साथै उपदफा २ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनिएको छ ।’

प्रतिक्रिया दिनुहोस्