महानगरको सरसफाइ गर्ने कर्मचारीको स्वास्थ्य बीमा गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाको सरसफाइमा काम गर्ने महानगरका कर्मचारीलाई स्वास्थ्य बीमा गरिने भएको छ । बिमाको महानगरले ५० लाख रुपैयाँ बजेट छुट्टाएको हो । यस्ता कर्मचारीहरुलाई महानगरले तौलिया रुमाल, साबुन, गमबुट, पानी वर्षादी किन्नको लागि ४० लाख बजेट र माक्स पञ्जा र सेनिटाइजका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । महानगरले विशेष सरसफाइ, रात्रिभत्ता, खाना तथा खाजाको लागि ५० लाख, सरसफाइ कर्मचारीको लागि चियाकफी खर्च भनेर १५ लाख रुपैयाँ छुट्याएको छ ।
चालु आर्थिक वर्ष २०७९र०८० बजेटमा माहानगरले ‘क्लिन दि सिटी’ अभियान चलाउने भएको हो । उक्त अभियानको लागि महानगरले १० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array