नेताका नाममा खोलिएका प्रतिष्ठानहरुलाई महानगरबाट अनुदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं –  काठमाडौं महानगरपालिकाले नेताका नामका संघ संगठनहरुलाई अनुदान दिने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका नेताका नाममा खुलेका प्रतिष्ठानलाई करिब ४ करोड रुपैयाँ फाउन्डेसन, ट्रस्ट, प्रतिष्ठानसहितका संघसंस्थालाई अनुदान दिन लागेको हो ।

अनुदान पास भएका संघ सस्थाहरु ‘गणेशमान सिंह फाउन्डेसन’ लाई ५० लाख, ‘मदन भण्डारी स्पोर्टस् एकेडेमी’ लाई ५० लाख, ‘पुष्पलाल स्मृति केन्द्र’ लाई ५० लाख, ‘जननेता वीपी कोइराला स्मृति ट्रष्ट’ लाई २ करोड र ‘मंगलादेवी प्रतिष्ठान’ लाई दिने भएको छ ।

यस्ता संस्था सम्बन्धित दलका नेता र कार्यकर्ताहरुले चलाइरहेका छन् । महानगरपालिकाले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममा अनुदान सुविधाबारे उल्लेख  गरेको महानगरका एक अधिकारीले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्

Array