गुडिरहेको बसमा ढुंगा खस्दा एकको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । रत्न राजमार्गको छिन्चु-धुलियाविट सडक खण्डको भेरीगंगा नगरपालिका-२ पैसठ्ठीमा गुडिरहेको अवस्थामा सडकमाथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको हो ।

बुधबार दिउँसो १२ बजेको समयमा ना ७ ख ५८११ नम्बरको रात्री बसमा ढुङ्गा खस्दा दैलेखको भगवतीमाई गाउँपालिका-२ की १७ वर्षीया पार्वती शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शाहीसँगै बसेकी वीरेन्द्रनगर-६ की ४५ वर्षीया राजकुमारी सुनार घाइते भएकी छन् । घाइतेको अवस्था सामान्य रहेको छ । गाडीमा ३१ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

Array