विश्वभर आर्थिक मन्दी हुन सक्ने आईएमएफको प्रक्षेपण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले सन् २०२३ मा विश्वभर आर्थिक मन्दी हुन सक्नेअनुमान गरेको छ । आईएमएफले प्रकाशित गरेको वर्ल्ड इकोनोमिक आउटलुक अपडेट–२०२२ मा विश्वको आर्थिक वृद्धिदर सन् २०२२ मा ३।२ हुने र सन् २०२३ मा घटेर २।९ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो ।
आईएफएमका अनुसार एड्भान्स इकोनोमिक भएका मुलुकहरु अमेरिका, यूरो एरिया ९जर्मनी, फ्रान्स, इटली, स्पेन०, जापान, बेलायत, क्यानडालगायतका देशको आर्थिक वृद्धिदर समग्रमा सन् २०२२ मा २।५ प्रतिशत र सन् २०२३ मा १।४ प्रतिशत रहनेछ ।
इमर्जिङ मार्केट र डेभलपिङ इकोनोमिक भएका देशहरु चीन, भारत, रुस, ब्राजिल, मेक्सिको, साउदी अरेबिया, नाइजेरिया, दक्षिण अफ्रिकालगायतका देशको आर्थिक वृद्धिदर सन् २०२२ मा ३।६ प्रतिशत र सन् २०२३ मा ३।९ प्रतिशतको हुने प्रक्षेपण छ ।

जसमा सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ७।४ प्रतिशत र सन् २०२३ मा ६।१ प्रतिशतको आर्थिक वृद्धिदर हुने आईएमएफको प्रक्षेपण छ । जुन अन्य देशहरुको तुलनामा सबैभन्दा हुने आईएमएफको प्रक्षेपण छ । आईएमएफले ग्लोबल ट्रेड ग्रोथ सन् २०२२ र २०२३ मा अपेक्षाभन्दा कम हुन सक्ने बताएको छ । पछिल्लो समय अमेरिकी डलरको भाउ बढेका कारणले यसले विश्व व्यापार माग र आपूर्ति कम हुन सक्ने आईएमएफको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्

Array