गठबन्धनको चर्चा बार्गेनिङको लागि हो: नेता कोइराला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बाम गठबन्धन बार्गेनिङ गर्नको लागि मात्र चर्चामा ल्याएको छ । वीरगञ्जमा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले भने “माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका बार्गेनिङ गर्नका लागि  हो ।”

गिरीजाबाबुले भनेजस्तो सहमति, सहकार्य र एकता पहिला कांग्रेसभित्र हुनुपर्ने र त्यसपछि अन्य तालमेल गर्ने दलसँग खोज्नुपर्ने उनले बताए । प्रदेश र संघको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दा देखिएको कमजोरी दोहोरिन नहुने कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

Array