बसमा आगलागी हुँदा दाउन्नेमा ३३ यात्रु घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको एक यात्रु वाहक बस पल्टिएर आगलागी हुदाँ  ३३ जना यात्रु घाइते भएका छन् ।

यात्रु वाहक बोकेको ना ५ ख ५१०० नम्बरको बस नवलपरासीको दाउन्नेमा बिहान साढे ५ बजे अनियन्त्रित भएर सडक छेउँमा पल्टिंदा आगलागी भएको हो । बसमा ३३ जना यात्रु सवार मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घाइते ६ जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस महाकाली यातायात प्रालिको हो ।

प्रतिक्रिया दिनुहोस्

Array