गहुँ र चिनी आयात खुलाउन भारतलाई पत्राचार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी र गहुँको निर्यात सहजीकरण गर्न भारतीय तालुक मन्त्रालयलाई पत्राचार गरेको छ।
गहुँ निर्यातमा भारतले रोकलगाएपछि नेपाली मैदा उद्योगको मर्कामा परेका छन् । नेपाल सरकारलाई गहुँ आयातका लागि नेपाली उद्योगीहरुले सहजिकरण गर्न भनेपछि मन्त्रालयले पत्राचार पत्रचार गरेको बताएको छ । आयात सहजिकरण गरिदिन मन्त्रालयले धेरै चोटि गरेको अनौपचारिक तथा मौखिक आग्रहलाई भारतले नटेरेपछि नेपालले औपचारिक रुपमा पत्राचार गरेको हो।
खाद्य स‌ंकट तथा मूल्यवृद्धिको जोखिम आकलन गर्दै भारतले गत वैशाख ३० बाट आन्तरिक उत्पादन भएको गहुँ र चिनी निर्यातमा रोक लगाएको थियो। भारतीयले निर्यात रोक लगाएपछि नेपालका तीन दर्जन हाराहारी खाद्यान्न उद्योगहरु प्रभावित भएका छन्।

भारतले समेत तेस्रो देशबाट गहुँ आयात गरेकाले उसले नेपालमा निर्यातको लागि प्रतिबन्ध लगाएको बताएको छ । नेपालले अन्य देशबाट गहुँ आयात गर्दा महँगो पर्न आउने भएकाले भारतबाटै आयत गर्दै आएका थिए ।

मैदा उद्योगीले भारतीय राजदुतलाई समेत आफ्ना समस्या राखेका थिए । राजदुतले महासंघका प्रतिनिधिहरुसँग नेपालको हकमा प्रतिबन्ध नलागेको बताए थिए । तर, पछिल्लो समय भारतीय वाणिज्य विभागबाट पत्र नआइ चिनी र गहुँ छाड्न नसक्ने जवाफ आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्