अभिनेता रणवीर सिंह विरुद्ध उजुरी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौ – बलिउड अभिनेता रणवीर सिंह विरुद्ध उजुरी दर्ता परेको छ । एउटा पत्रिकाका लागि ‘न्युड’ फोटोसुट गराएका बलिउड अभिनेता रणवीर सिंहका तस्बिर इन्टरनेटबाट सार्वजनिक भएसँगै उनी माथि उजुरी परेको हो । महिलाको भावनामा चोट पुर्‍याएको आरोप उनीमाथि लागेको छ । रणवीरविरुद्ध एउटा आईएनजीओले उजुरी दर्ता गराएको बलिउड हंगामाले उल्लेख गरेको हो ।

उक्त संस्थाले चेम्बुर प्रहरीचौकीमा उनीविरुद्ध उजुरी दर्ता गराएको हो । महिलाको भावनामा चोट पुर्‍याएको र शिष्टताको अपमान गरेको भन्दै उक्त संस्थाले चेम्बुर प्रहरी चौकीमा उजुरी गरेको छ । मिडियालाई जानकारी दिँदै चेम्बुर प्रहरीका अधिकारीले भनेका छन्, “हामीले आईएनजीओसँग आबद्ध एकजना व्यक्तिबाट सोमबार निवेदन पाएका थियौँ । अहिलेसम्म कुनै एफआईआर दर्ता भएको छैन । हामी सोधखोज गरिरहेका छौँ ।”

एजेन्सी

प्रतिक्रिया दिनुहोस्