सीसीटीभी फुटेज अनिवार्य सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौ: गृह मन्त्रालयले सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य रुपमा सुरक्षित राख्न निर्देशन दिएको छ । मंगलबार गृहसचिव स्तरको निर्णयबाट मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ

सीसीटीभी सम्बन्धी कार्यविधिमा सार्वजनिक कार्यालयका सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । पछिल्लो समय अर्थ मन्त्रालयले १३ दिन मात्र सीसीटीभी फुटेज सुरक्षित रहने बताएपछि गृहमन्त्रालयले निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array