मन्त्रिपरिषद्को बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति तोक्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौ: मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति तोक्ने तयारी गरेको छ । मंगलबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलनमा बोल्दै अब बस्ने मन्त्रिपरिषद बैठकले सो मिति तोकेमा आश्चर्य नमान्न आग्रह गरेका हुन् ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पुर्ण तयारीसहित मिति सिफारिस गरिसकेको बताएका छन। आयोगको परामर्शमा सरकारले मिति तय गर्ने कानुनी व्यवस्था अनुसार सरकारले मिति तोक्ने बताए । उनले आउँदो मन्त्रिपरिषद बैठकबाट मंसिरको ४ गते निर्वाचन हुनेगरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गरे गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array