चार कम्युनिस्ट पार्टीद्वारा नागरिकता विधेयकका विरुद्ध आन्दोलन घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – संसद बाहिर रहेका चार कम्युनिस्ट पार्टीहरुले आन्दोलन घोषणा गरेका छन् । राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा उनीहरुले संघर्षका कार्यक्रम घोषणा गरेका हुन । मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले एसपीपी, महँगी र नागरिकता विधेयकका विरुद्ध आन्दोलनका घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ । त्यसपछि पुनः बैठक बसेर दोस्रो चरणका कार्यक्रम घोषणा गरिने नेकपाका अध्यक्ष ऋषि कट्टेलले जानकारी दिएका छन् । आन्दोलन घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा समाजवादी समाजवादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array