अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो सुनको मूल्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौ – सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य मंगलबार ९४ हजार २ सय रुपैयाँ कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ ९४ हजार ४ सय रुपैयाँ थियो। आइतबार भने सुनको भाउ पाँच सय रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला ११ सय ५५ रुपैयाँमा स्थिर थियो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य थोरै घटेको छ।

प्रतिक्रिया दिनुहोस्

Array