मौद्रिक नीतिपछि ट्रेजरी विल्सको ब्याजदर बढयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौ- राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरहरु बढाएपछि ट्रेजरी विल्सको ब्याजदर १४ प्रतिशत बढेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरहरु बढाएपछि ट्रेजरी विल्सको ब्याजदर ह्वातै बढेको हो। राष्ट्र बैकको तथ्याँक अनुसार साउन ८ गतेसम्ममा ९१ दिन अवधिको ट्रेजरी विल्सको ब्याजदर १३।९९ प्रतिशत पुगेको छ।

राष्ट्र बैंकले साउन ९ गते १५ अर्ब ६० करोड रुपैयाँको टैजरी विल्स निश्काशन गरेको थियो। जसमा ९१ दिन अवधिको १३ अर्ब ६० करोड रुपैयाँको र २८ दिन अवधिको २ अर्ब रुपैयाँको थियो। राष्ट्र बैंकले निश्काषन गरेको विल्समा बैंकहरुले १३।९९ प्रतिशतसम्म ब्याजदर राखेर आवेदन गरेका हुन्।
सरकारले आन्तरिक ऋण उठाउन ट्रेजरी विल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र लगायतका उपकरणहरु जारी गर्ने गछ। बैंक तथा वित्तीय संस्थाले लगानी गरेको यस्ता औजारहरुलाई धितो राखेर राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा लिन पाइन्छ। विकास ऋणपत्र लगायतका सरकारी उपकरणहरुको ब्याजदर दोहोरो अंकमा पुगेपछि बैंकहरुले सोही उपकरणलाई धितोमा राखेर ठुलो मात्रामा सापटी उठाउदै आएका थिए।

असारमा बैंकहरुमा निक्षेप बढेको कारण ट्रेजरी विल्सको ब्याजदर केहि घटेको भए पनि केन्द्रिय बैंकको मौद्रिक नीतिपछि तरलता अभाव अझै चर्किने भएपछि ट्रेजरी विल्सको ब्याजदर उकालो लागेको हो।

प्रतिक्रिया दिनुहोस्