पूर्वअर्थमन्त्री शर्मा प्रकरण: भिडियो फुटेज अस्पष्ट, विज्ञसँग छलफल गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौ-  पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज बिहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिको बैठक बेलुकी चार बजे बस्ने स्रोतले जनाएको छ ।

संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज बुझाएको छ । स्रोतका अनुसार भिडियो फुटेज स्पष्ट नदेखिको बताएको छ ।

भिडियो फुटेज अस्पष्ट रहेको भन्दै त्यसबारे फरेक्सिक विज्ञहरुसँग परामर्श गर्ने भन्दै बैठक स्थगित गरिएको हो । समितिको अर्को बैठक आजै अपराह्न ४ बजे बस्ने भएको छ । सोही बैठकमा विज्ञहरुलाई बोलाएर ती भिडियो क्लिपबारेमा छलफल गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्