संसद बैठक बस्दै, सार्वजनिक यातायात व्यवस्थापनमा छलफल गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यी विधेयक छलफल सकिएपछि आजै पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array