मोटरसाइकल दुर्घटना: तीन जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : कपिलवस्तु र सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सरावल गाँउपालिका १ सालबासका ५३ वर्षिय ओमनाथ फौहदार रहेका छन् । उनको चौपत्तास्थित शहिद स्मृती सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाहीको बलरा नगरपालिका ७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एकजना गम्भीर घाइते भएका छन् । भारतीय नम्बरको दुईवटा मोटरसाइकल बेलुकी दुर्घटना हुँदा गम्भीर घाइते भएकअवस्थामा भारत घर भएका अन्दाजी ३५ वर्षीय शंकर पासवान र २७ वर्षीय रोशन पासवान भेटिएका थिए । दुवै घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको भने मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ३ सिउटीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हिजो साँझ  लु ४२ प ७१३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकल चालक स्थानीय २० वर्षिय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाइते भएका थिए । विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा मृत्यु भएको हो । घाइते भएका चालक आवाशको भने लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array