साउनको पहिलो हप्ता बैंकहरुको निक्षेपमा गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – अघिल्लो आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष लाग्ने बितिकै साउन महिनाको पहिलो सातामा बैंकहरुको निक्षेपमा घट्टेको छ । , साउन महिनामा २६ बाणिज्य बैंकहरुको निक्षेप असार मसान्तको तुलनामा साउन ६ गतेसम्म आइपुग्दा ६४ अर्ब रुपैयाँले घटेको छ। निक्षेपको तुलनामा ऋण भने सामान्य घटेको बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक सार्वजानीक गरेको छ । कुल ऋण भने १० अर्ब रुपैयाँले घटेको छ। अहिले बैंकहरुसँग कुल ऋण ४१ खर्ब ६५ अर्ब रुपैयाँ छ। निक्षेप ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । जबकी मसान्तको दिन निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको थियो। साथै बैंकहरुको बिदेशी मुद्राको निक्षेप पनि २ अर्बले घटेको छ भने ऋण पनि २ अर्ब रुपैयाँले नै घटेको बताइएको छ।
नेपालमा एक वर्षसम्म भएका कामको भुक्तानी असार महिनामा मात्र हुने गरेको छ । नयाँ आर्थिक वर्ष लागेपछि यस्ता सबै किसिमका भुक्तानी रोकिने हुँदा बैंकिङ्ग प्रणालीमा कम देखिने विज्ञहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array