एसइई परीक्षाको नतिजा शुक्रबार सम्ममा सार्वजनिक गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – एसईईको नतिजा यही साता भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले साउन दोस्रो हप्ता निकाल्ने भएको हो । सोमबार नभए मंगलबारसम्म रुजु सकेर बोर्डको बैठक डाक्ने आन्तरिक तयारी रहेको स्रोतले जनाएको छ।

बोर्डको बैठकले रुजु र तयारीका विषयमा जानकारीसहित विविध कारणले रद्द गर्नुपर्ने परीक्षार्थीको विषयमा निर्णय लिनेछ । त्यसपछि दोस्रो बैठक बसेर नतिजा सार्वजनिकको निर्णय हुन्छ । परीक्षा नियन्त्रण कार्यलयका अनुसार शुक्रबारसम्म नतिजा सार्वजनिक गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्