काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै केही युवाले नाराबाजी गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै केही युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका हुन् ।
सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले सम्बोधन गरिरहेका बेला तीनजना युवाले नागरिकता विधेयक “खारेज गर भन्दै प्लेकार्ड” प्रदर्शनसहित नारा लगाएका थिए। ती युवाले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, स्वानिधनताको रक्षा गरौँ भन्दै नारा लगाउन थालेपछि ती युवालाई सुरक्षाकर्मीले बाहिर निकालेका हुन् ।
।


प्रतिक्रिया दिनुहोस्