काठमाडौंको कल सेन्टरमा प्रहरी छापा, एक चिनियाँ पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसर गौशालाबाट खटिएको टोलीले सोमबार तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारेको हो। कल सेन्टरबाट कागजात र एक चिनियाँसहित २० भन्दा बढीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस सम्बन्धमा अनुसन्धान भइरहेको र काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गरेको आशंकामा सादा पोसाकसहितको टोली निगरानीमा खटाइएको छ ।

२०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array