नागरिकता ऐन आवश्यकता अनुसार परिष्कृत हुँन्छ: गृहमन्त्री खाण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं- नागरिकता विधेयक नागरिकता ऐन आवश्यकता अनुसार परिष्कृत हुँन्छ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको बताएका छन् । सोमबार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले स्पष्ट पारेका हुन्।

उनले संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरुलाई आग्रह गरेका छन्। “संविधान अनुकुल नै विधेयक ल्याइएको छ।” “नागरिकता विधेयकले नागरिकता प्राप्त गर्न खुकुलो बनाउन खाजेको होइन। त्यो खालको आशंका नगर्नुहोस्।”

प्रतिक्रिया दिनुहोस्

Array