दिलमायाको हत्या आरोपित प्रेमी श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं- लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या गरेको आरोपमा प्रेमी खिलबहादुर श्रेष्ठलाई (सूर्य) पुर्पक्षको लागि कारागार पठाएको छ। जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई जगन्नाथदेवल सुन्धारा पठाएको छ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ वर्षीय श्रेष्ठमाथि अनुसन्धनका क्रम्मा आरोप लागेको हो । गत असार ११ गते बिहान ११ बजे काठमाडौंको तार्केश्वर नगरपालिका-११ नेपालटार स्थित डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका-२ की ३३ वर्षीया सुनार मृत फेला परेकी थिइन्।

उनले राति १:२० मिनेटमा उनको फेसबुकमा एउटा स्टाटस लेखिएको थियो। जसमा आत्महत्या गर्न लागेको उल्लेख गरिएको थियो। त्यो स्टाटस देखेपछि उनले आत्महत्या गरेको हो कि भन्ने प्रश्न उठेको थियो। तर घटनास्थलमा मोबाइल फोन नहुनु , घाँटीमा निल दाम देखिनु र कोठा खुल्लै हुनाले घटना शंकास्पद देखियो।

प्रतिक्रिया दिनुहोस्

Array