कर्णाली प्रदेशमा माओवादीले उठाएका विषय संसदमा सम्बोधन हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – कर्णाली प्रदेश सभाको बैठक आज सञ्चालन हुने भएको छ। सत्तारुढ दलभित्र काँग्रेस–माओवादीभित्र देखिएको समस्या समाधान भएसँगै आज संसद् चल्ने भएको हो ।

आइतबार बसेको सत्ता गठबन्धन दलका नेताहरूबीचको छलफलमा मुख्यमन्त्री जीवनबहादुर शाहीले माओवादीले उठाएका विषय सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिएकी छन् ।

माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व घोषणा गर्ने, सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना छानबिन गरेर कार्यान्वयन गर्ने, शान्ति पुनर्स्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्त्वपूर्ण विधेयकको कुरामा नमिलेका मिलाएर लाने र मिलेर आएका पारित गर्ने सहमति भएको अध्यक्ष केसीले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array