म्यानमारमा प्रजातन्त्र अभियन्तालाई मृत्युदण्ड दिने घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ- म्यानमारमा चार जना प्रजातन्त्र अभियन्तालाई आतंकवादी कार्य गर्न मद्दत गरेको आरोपमा मृत्युदण्ड दिएको छ । मृत्युदण्ड पाउनेहरु प्रजातन्त्रवादी अभियान्ता जिम्मी भनेर चिनिने क्याव मिन यु र पूर्वसांसद तथा हिप-हप कलाकार फ्यो जेया थाउ र ह्ला म्यो आङ र आङ थुरा जाव रहेको ग्लोबल न्यू लाइट अफ म्यानमारले जनाएको छ।

उनीहरूलाई गत जनावरीमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत मृत्युदण्डको सजाय सुनाइएको थियो।

चारै जनालाई गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनासँग लड्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप लगाइएको थियो।
५३ वर्षीय क्याव मिन र ४१ वर्षीया जेया थाउले गत जुनमा सजायविरुद्धमा अपिल गरेका थिए। जेया थाउ म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका सहयोगी समेत हुन्। चारै जनालाई आतंकवाद विरोधी कानून र दण्ड संहिता अन्तर्गत अभियोग लगाइएको थियो।

गत महिना सैन्य प्रवक्ता जाव मिन टुनले मृत्युदण्डको बचाउ गर्दै यो धेरै देशमा प्रयोग भएको बताएका थिए। फ्यो जेयर थाउकी श्रीमती थाजिन न्युन्ट आङले आफ्नो पतिको मृत्युदण्डको बारेमा आफूलाई नभनेको बताइन्।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array