पोखराको पूर्वाधार विकासमा सहयोग गर्ने राजदूत श्रीवास्तवको प्रतिबद्धता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं –पोखराको महानगरपालिकाको पूर्वाधार विकासमा सहयोग गर्ने भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिबद्धता गरेका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो ।

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रशंसा गर्दै नेपाल सरकारसँग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने प्रतिबद्धता जनाएका छन । पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न आफूहरूले चाहेको र नेपाल सरकारसँग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

उनीहरुबीच पोखरा र भारतका विभिन्न पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

भारतीय सहरमा हवाई उडान सञ्चालनका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उनले राजदूत श्रीवास्तवलाई भेटमा आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array