साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता नेपाल र माल्दिभ्स भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाली युवा टोलीले आज साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । यस अघि, १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यो प्रतियोगिता यसपटक २० वर्षमुनिको उमेर समूहमा हुन लागेको हो ।

आइतबार भारतको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान आयुष घलानले “यस प्रतियोगिताका लागि धेरै कडा मिहिनेत गरेका छौँ । पहिलो खेल माल्दिभ्ससँग छ । अन्तिम समयसम्म हामी हिम्मत हार्ने छैनौँ ।”

नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array