प्रतिनिधिसभाद्वारा कारागार विधेयक पारित; खुला जेलको व्यवस्था

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
2 Min Read
Aa
Highlights
  • पारित विधेयक अनुसार कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा राख्न मिल्नेछ ।

काठमाडौं- आइतबार बसेको प्रतिनिधिसभाको बैठकले ‘‘कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सर्वसम्मत रुपमा पारित गरेको छ । पारित विद्येयकले नेपालमा पनि खुला जेलको अवधारणलाई अघि सारेको छ । कारागार विधेयकमा कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिएको छ भने गर्भवती र सुत्केरीलाई जेलबाहिर बस्ने छुट समेत प्रधान गरेको छ ।

पारित विधेयक अनुसार कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा राख्न मिल्नेछ । उक्त कैदीबन्दीलाई सार्वजनिक निकायमा स्वयंसेवा गर्न लगाउने, क्षमता तथा सीप विकाससम्बन्धी तालिम लिने वा प्रशिक्षण दिने, खेलकुद प्रशिक्षण सम्बन्धी कार्यमा लगाउन सकिने व्यवस्था विधेयकमा रहेको छ ।

कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउँ भन्दा बाहिरसमेत गई कुनै काम गर्न पाउने गरी नेपाल सरकारले तोकेको ठाउँ सम्झनुपर्छ’ भनेर ‘विद्येयकमा भनिएको छ ।

खुला कारागारमा रहेका कैदीलाई नेपाल सरकार, प्रदेश सरकार मातहत सञ्चालित विकास आयोजना वा कार्यक्रममा काम गर्न लगाउन सकिने, स्वयंसेवकको रुपमा काम लगाउन सकिनेलगायतका प्रावधान समेटिएका छन् । काम लगाउँदा कैदीबन्दीलाई नेपाल सरकारले तोकेको न्युनतम तलब दिनुपर्ने लगायतका व्यवस्था समेटिएको छ ।
‘कैदीबन्दी पनि नागरिक अधिकार प्रयोग गर्न पाउनुपर्ने इतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले बताए । ‘यस सन्दर्भमा बिहे र प्रजनन्को अधिकार दिइएको हो’ उनले भने । अब कैदीबन्दीले गर्ने विवाहले पनि कानुनी मान्यता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array