कल सेन्टरमा छापा, एक सय पचास कर्मचारी पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडैं- ब्ल्याकमेलिङ गरेको आरोपमा एक सय पचास भन्दा बढी कर्मचारी पक्राउ परेका छन । रूपन्देहीको तिलोत्तमा नगरपालिका २ बाट ब्लु स्काइ कल सेन्टरबाट सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले भारतीय र नेपाली युवालाई नियन्त्रणमा लिएको हो।

घर भाडामा लिएर चलाएको कार्यालयमा करिब तीन सय कम्प्युटर राखी कम्प्युटरकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ठगिएको प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार एक जना भारतीय र ६ जना नेपालीको संयुक्त लगानी रहेको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको पाइएको छ।

यैसगरी उनीहरूले चिनियाँ एप्लिकेसनको समेत प्रयोग गरी भारतीय नागरिकहरूलाई ऋण दिने र मिटर ब्याजमा रकम उठाउने कार्य  गरेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार मिटर ब्याजमा लगाएको रकम फिर्ता नगरे अस्लिल तस्वीर र भिडिओ सार्वजनिक गरिदिने भन्दै ब्याल्याकमेलिङ गर्दै आएको भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array