रुख ढलेर गुडिरहेको बस र स्कुटर किच्चिदा, ३ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – भक्तपुरको सल्लाघारीमा सल्लाको रुख ढल्दा गुडिरहेको बस र स्कुटरलाई किच्चिदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय नितेज खर्बुजा र दुई जनाको भने नाम नखुलेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको हो । प्रहरीको अनुसार दुर्घटनामा घाइतेमध्य १२ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array